१४ माघ २०७९, शनिबार

Jan 28, 2023

फाइल तस्विर

अमरगढी । जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ लाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षामाकर्मीलाई खोप लगाइएको हो ।

कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ९३ रहेका थिए जसमध्ये १० महिला र ८३ पुरुष कैदीबन्दी छन् । उनीहरूमध्ये पनि २४ कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति भट्टले बताए । उनले भने, “कारागारमा रहेका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका थियौँ तर, २४ बन्दीले लगाउन मानेनन्, उनीहरूलाई पनि लगाउन आग्रह गरिरहेका छौँ ।” पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डडेल्धुराका फ्रन्टलाइनमा काम गर्ने एक हजार २० स्वास्थ्यकर्मी, कर्मचारीलाई, कैदीबन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाइएकोे जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।

अहिले यहाँका सातवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । कम्तीमा पनि छ दिनभित्रमा पहिलो चरणको खोप लगाइसकिने योजना भए पनि उक्त सात दिनका लागि थप गरिएको छ डडेल्धुरामा कूल एक हजार ६० डोज खोप उपलब्ध भएको थिायो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

यस्तो रहनेछ आजको मौसम सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित) रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी