ताजा अपडेट »

‘१०दिन भित्र उखु किसानको खातामा पैसा’

शनिबार, २५ पुस २०७७, १५ : ४५
4 Shares


परासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी मिलले किसानलाई तिनुपर्ने सबै रकम बैंक खातामा जम्मा गरेको छ । उद्योगको बासलात अनुसार किसानलाई तिनुपर्ने ७ करोड ३९ लाख रुपैयाँ खातामा जम्मा भएको छ, जसमध्ये एक करोड ५० लाख रुपैंया किसानको खातामा जम्मा भईसकेको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए ।

उद्योगले संञ्चालक मनोज अग्रवाल पक्राउ परेपछि पहिलो चरणमा ३ करोड ८० लाख रुपैंया जम्मा गरेको थियो भने पछिल्लो पटक ४ करोड रुपैंया जम्मा गरेको छ । ४ करोड सञ्चालक अग्रवालको नाममा रहेको नेपाल बंैक लिमिटेड विरगंजको खातामा जम्मा भएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।

सो रकम अग्रवालको खाताबाट होल्ड गर्न नेपाल राष्ट्र बैंकलाई पत्रचार गरिएको र उद्योगको स्वामित्व मनोजका नाउँमा आउने वित्तिकै उद्योगको खातामा रकम पठाएर वितरण सुरु गरिने छ । प्रमुख जिल्ला अधिकारी पाठकका अनुसार १० दिन भित्र सबै पैसा किसानको खातासम्म पुग्ने छ ।

लुम्बिनी चिनी मिल हाल सञ्चालनमा छैन् । तर सरकारले सञ्चालक अग्रवाललाई यस अघि विरगंज बाट पक्राउ गरी पश्चिम नवलपरासीमा ल्याएर सोधपुछ गरी एक हप्ता भित्र रकम भुक्तानी गर्ने सर्तमा छाडेको थियो । उद्योगका सञ्चालक अग्रवालले किसानको सबै पैसा बुझाएर उद्योग संञ्चालन गर्ने बताएका छन् ।

पश्चिम नवलपरासीकै इन्दिरा सुगर मिलले पनि किसानको बक्यौता रकम तिर्न बाँकी छ । तर, उक्त उद्योगले किसानको पैसा तिर्ने सुरसार देखिएको छैन् । सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी भएपनि उनी भने पक्राउ पर्न सकेका छैनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।