ताजा अपडेट »

गुल्मी बलेटक्सार–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

बुधबार, १८ बैशाख २०७६, १४ : ३८
14 Shares


वैशाख १८,
ग्लोबल आवाज
बुटवल । गुल्मी बलेटक्सार–रुपन्देही सम्पर्क समाजको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसंचार केन्द्र बुटवलमा सम्पन्न कार्यक्रममा ५४ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक चिरञ्जिवी ज्ञवालीले जानकारी गराए ।

रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदातालाई अर्घखाँची सिमेण्ट प्रा.लि.ले टिसर्ट प्रदान गरेको हो । प्रा.लि.ले श्रमिक दिवसको अवसरमा रक्तदान गर्ने रक्तदातालाई सम्मान स्वरुप टिसर्ट प्रदान गरेको कम्पनीको मार्केटिङ्ग म्यानेजर निलकण्ठ खनालले बताए ।

कार्यक्रममा समाजका पदाधिकारी, सदस्यलगाएत अर्घखाँची र लहानका रक्तदाताले पनि रत्तदान गरेको संयोजक ज्ञवालीले बताए । सो अवसरमा रक्तदातालाई कदर स्वरुप प्रमाण–पत्र प्रदान गर्नुका साथै खानाको व्यवस्था गरिएको संयोजक ज्ञवालीले जनाए । संस्थाको स्थापना दिवसको अवसरमा सामाजिक कार्य गर्ने उद्देश्य अनुसार ‘रक्तदान जीवनदान भन्ने नारा अनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका सचिव बिर बहादुर क्षेत्रीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।