ताजा अपडेट »

खच्चडबाट ढुवानी गर्दा सिमेन्टको मूल्य सस्तो ,प्रतिबोरा ६,२००

बुधबार, १८ बैशाख २०७६, १३ : ३७
56 Shares

वैशाख १८,

मुगु । मुगुको गमगढी हुँदै पैदल मार्गबाट खच्चडमा आउने सिमेन्ट सस्तो पर्न थालेको छ । सडक यातायात नजोडिएको जिल्लामा हवाई मार्गबाट महंगो ढुवानी तिर्नु भन्दा खच्चडमा ढुवानी गर्दा सस्तो पर्ने भएपछि सिमेन्ट पैदल मार्गबाट आउन थालेको हो । एक हप्ता अगाडी चालीस बोरा सिमेन्ट खच्चडमा ढुवानी गरेर सिमकोटमा प्रति बोरा छ हजार दुई सयमा बिक्री गरेको खच्चड व्यवसायी लोकेन्द्र शाहीले बताउनु भयो । पैदल मार्गबाट आउने सिमेन्ट सस्तो भएपछि जिल्ला भरिबाट सिमेन्टको अर्डर आउने गरेको उहाँले बताउनु भयो ।

हवाई र पैदल मार्गबाट ढुवानी हुने सिमेन्टको बोरामा मूल्य एक हजार आठ सय फरक पर्ने गरेको निर्मांण व्यवसायी संघका सचिव बुद्धी रोकायाले बताउनु भयो । पैदल मार्गबाट ढुवानी भएको सिमेन्ट एक बोराको मुल्य छ हजार दुई सय पर्ने गरेको सचिव रोकायाले बताउनु भयो । जब कि नेपालगंज र सुर्खेतबाट हवाई मार्गबाट आएको सिमेन्ट बोराको मूल्य आठ हजार पर्ने गरेको छ ।

ढुवानी चर्को भएका कारण मूल्य धेरै फरक पर्न थाले पछि हवाई मार्गबाट सिमेन्ट आउन छोडेको सचिव रोकायाले बताउनु भयो । यसले गर्दा पैदल मार्गबाट वर्ष भरि सयौ क्वीन्टल सिमेन्ट आउने गरेको छ । विकासे काम पनि गर्न निकै सस्तो भएको छ । यसबाट खच्चड व्यवसायीले काम पनि पाएका छन् भने दुई सय जना भन्दा बढी बेरोजगार युवाहरुले रोजगारी पाएको उद्योग वाणिज्य संघका उपाध्यक्ष राम बहादुर भण्डारीले बताउनु भयो । सिमेन्ट पनि सस्तो र स्थानीय बेरोजगारले पनि काम पाउने भएको कारण दुबैतिर फाईदा हुने गरेको उहाँले बताउनु भयो ।-गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।