ताजा अपडेट »

जापानमा आए नयाँ राजा

बुधबार, १८ बैशाख २०७६, ११ : ४९
6 Shares

बैशाख १८,

जापान । जापानको राजगद्दीमा आजबाट नयाँ राजा आसिन भएका छन् । यसअघिका राजा अकिहितोले स्वच्छाले गद्दी त्यागेपछि उनका छोरा नारुहितोले नयाँ राजाका रूपमा जिम्मेवारी सम्हालेका हुन् ।

आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण ८५ वर्षीय अकिहितोले मंगलबार राजगद्दी त्याग गरेका हुन् । उनी जापानको इतिहासमा दुई सय वर्षयता जीवितै रहँदा राजगद्दी त्याग गर्ने पहिलो राजा बनेका छन् । अकिहितोका ५९ वर्षीय छोरा नारुहितोले जापानको १२६औँ राजाका रूपमा बुधबार राजगद्दी सम्हालेका हुन् । योसँगै जापानमा नयाँ युग सुरु भएको मानिएको छ । यो युगलाई रेइवा नाम दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।