ताजा अपडेट »

गैँडाको खागसहित एक पक्राउ

मंगलबार, २१ पुस २०७७, ११ : ३५
38 Shares

कैलाली । कैलालीमा खैरो रङको गैँडाको खागसहित एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । बर्दगोरिया गाउँपालिका-४ स्थित छतिवना सामुदायिक वन नजीक पूर्व-पश्चिम महेन्द्र राजमार्गबाट १७१ ग्राम ९६० मिलिग्राम खैरो रङको गैँडाको खाग एक थानसहित सोही गाउँपालिका-५ का नैनबहादुर कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

कठरियालाई ना ३ स ५७१८ नम्बरको अटोरिक्सा जाँचका क्रममा उक्त खाग बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । अटोरिक्सा र निज कठरियालाई आवश्यक कारबाहीका लागि सबडिभिजन वन कार्यालय साँडेपानी कैलालीमा बुझाइएको बताइएको छ ।

रासस
लेखकको बारेमा
रासस