ताजा अपडेट »

आजबाट सङ्घीय संसदको बजेट अधिवेशन

सोमबार, १६ बैशाख २०७६, १० : ०७
8 Shares

वैशाख १६,

काठमाडौं । सङ्घीय संसद्को चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउसो ४.०० बजे अधिवेशन आह्वान गरेकी हुन् । अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ ।तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो । चालु अधिवेशन सरकारका वार्षिक कार्यक्रम र कानुन निर्माणमा केन्द्रित हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भने, “सोमबारबाट चौथो अधिवेशन सुरु हुँदैछ । चौथो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रि बजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्यसूची नै हुन् । यस्तै, विचाराधीन विधेयकलाई प्राथमिकताका आधारमा अगाडि बढाइनेछ । प्रश्नोत्तर, विभिन्न प्रस्तावमा छलफल पनि निरन्तर अगाडि बढाइनेछ ।”अधिवेशनमा सरकारको कार्यक्रम नै प्रमुख रहनेछ । नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ । यो पटक नीति तथा कार्यक्रमपछि प्रि बजेट छलफल हुनेछ । यसअघि प्रि बजेट छलफलपछि मात्र नीति कार्यक्रम पेस हुने गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।