ताजा अपडेट »

थप ६०८ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

शुक्रबार, १० पुस २०७७, १६ : ३१
12 Shares
शुक्रबार, १० पुस २०७७
12 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय ८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । पछिल्लो २४ घण्टामा ८९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४८ हजार २९२ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।