ताजा अपडेट »

बुटवलमा ५२ वटा गोरु गाईसहित ८ जना पक्राउ

बुधबार, ०८ पुस २०७७, १७ : ३१
6 Shares

बुटवल । बुटवलमा ५२ वटा गोरु र गाईसहित ८ जना पक्राउ परेका छन् । मंगलबार बुटवल उप–महानगरपालिका वडा नं.८ रामनगरमा सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चिम बाट पुर्व तर्फ आईरहेका ना ६ ख ३८२६ र ना ६ ख २३७१ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ना ६ ख ३८२६ नम्बरको ट्रकमा २२ वटा गोरु र ना ६ ख २३७१ नं. को ट्रकमा २५ वटा गाई र ५ वटा गोरु सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–४ का ३० वर्षीय चक्र राई, मकवानपुरको मनहरी गाउँपालिका–७ का २१ वर्षीय उज्जल कुमार सिंह, सुनसरीका २४ वर्षीय सोहिद आलम, सोही ठाउँका २५ वर्षीय समिर आलम, जिल्ला चितवनको राप्ती नगरपालिका–४ का ३२ वर्षीय बुद्धिलाल तामाङ, सोही ठाउँका २२ वर्षीय बच्छुराम भुजेल, बर्दियाको गुलरिया गाउँपालिका–१ का २८ वर्षीय
मनोहर खान र सोही ठाउँका ३२ वर्षीय महमद एकराम खान रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै ट्रकका चालक र सहचालक हुन् । आवश्यक अनुसन्धान एवं कारबाहीको लागी पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया रुपन्देही पठाईएको प्रहरीले जनाएको छ । पछिल्लो समय रुपन्देहीमा गोरु तस्करीहरु पक्राउ परिरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।