ताजा अपडेट »

यसकारण पुटिनले बाइडेनलाई बधाई दिएनन्

सोमबार, ०८ मंसिर २०७७, १२ : ५४
14 Shares
सोमबार, ०८ मंसिर २०७७
14 Shares

काठमाडौँ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई नदिनुको कारण खुलाएका छन् ।

राष्ट्रपछि पुटिनले आफु कानुनी लडाईँको निर्णयको प्रतिक्षामा रहेको कारण बाइडेनलाई बधाई नदिएको बताएका हुन् । हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही राज्यमा मतगणनामा धाँधली भएको भन्दै कानुनी उपचारको माग गरिरहेका छन् । रूसी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा पुटिनले भने, 'औपचारिक बधाई ढिलो दिनाले रूस र अमेरिकाको सम्बन्धमा कुनै असर पार्दैन।'

यद्यपी, दुई देशको सम्बन्धमा पहिलेदेखि तनावमा गुज्रीरहेको छ । अन्तवार्तामा पुटिनलाई सोधिएकाे थियो, 'बधाई दिन ढिलाई गर्नाले दुई देशबीचको सम्बन्ध बिग्रिदैँ जाने त हाेइन ?' जवाफमा पुटिनले भने, 'जुन सम्बन्ध पहिलेनै खराब थियो, अब के खराब हुन्छ ।'

पुटिननले भने, 'हाम्रो दुबै जनासँग सम्मानजनक सम्बन्ध छ। बाहिर जाने राष्ट्रपति ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बिडेनसँग हाम्रो सम्मानपूर्ण सम्बन्ध छ। हामीलाई कसैसँग कुनै समस्या छैन। यो औपचारिक कुरा हो। हाम्रो कुनै गोप्य एजेन्डा छैन । मलाई लाग्दैन कि औपचारिक समारोहमा हतार गर्दा खराब सम्बन्ध सुध्रन्छ।' शक्ति राष्ट्र चीनले पनि बाइडेनलाई बधाई दिन आनाकानी गरेको थियो । तर, १३ नोभेम्बरमा औपचारिक रुपमा बधाई दियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।