ताजा अपडेट »

म्याग्दी नदीमा डुबेर किशोरको मृत्यु

बुधबार, २६ कार्तिक २०७७, ११ : ५८
8 Shares

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको जानकारी दिए।

उनका अनुसार १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो । छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए । जनपथ प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।