ताजा अपडेट »

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मर्यो

आइतबार, १६ कार्तिक २०७७, १७ : २२
6 Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको हो । गैँडाको खाग र खुर सुरक्षित रहेका छन् ।

निकुञ्जमा यस आर्थिक वर्ष शुरु भए यता प्राकृतिक कारणले योसहित नौवटा गैँडा मरेका छन् । तस्करको गोलीबाट एउटा गैँडा मरेको भए पनि खाग र खुर भने सुरक्षित भेटिएको थियो । गत वर्ष प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए । प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि निकुञ्जले अध्ययन गर्न समितिसमेत बनाएर काम अघि बढेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।