November 25, 2020, Wednesday
२०७७ मंसिर ११, बिहीबार

गैँडाको आक्रमणबाट मृत्यु

291

कावासोती । गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका-१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

आज बिहान खेतमा तोरी छर्न जाने क्रममा उनलाई गैँडाले आक्रमण गरेको थियो । बिहान ५ बजेको समयमा गैँडाले आक्रमण गरेर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयवासीले देखेर उद्धार गरेको वडाध्यक्ष आचार्यले जानकारी दिए । उद्धार गरी उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष आचार्यले बताए ।

पछिल्लो अपडेट