ताजा अपडेट »

मन्त्रीबाट कुटाई खाने सचिव अस्पताल भर्ना

सोमबार, ३० पुस २०७५, १६ : १२
6 Shares

पुस ३० ,

जनकपुर । मन्त्रीको हातबाट कुटाई खाने सचिव अस्पताल भर्ना भएका छन् । प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवबाट कुटिएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका हुन् ।

कुटपिटबाट शरीरमा समस्या देखिएपछि सचिव झा आईतबार रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन् । मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएकाले रातिदेखि नै अस्पताल भर्ना भएको सचिव झाको भनाई छ ।

शरीर कमजोर जस्तो भएकाले रातिदेखि स्लाइन जारी रहेको र हातको एक्सरे गरिएको सचिव झाले बताए । मन्त्रीबाट शरीरको विभिन्न भागमा लात र हातले प्रहार भएकाले शरीरको विभिन्न भागमा पछि समस्या देखिएको सचिव झाको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।