१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिदैं आएको सहयोग रोक्न निर्देशन दिएको बताएका छन्। ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो ‘आधारभूत कर्तव्य’ पूरा गर्न चुकेको आरोप लगाएका छन्। उनले डब्लुएचओलाई चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछेप गरेको र राम्रो प्रबन्ध गर्न नसकेको आरोप लगाएका छन्।

Advertisement

उनले यसका लागि डब्लुएचओलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्। डब्लुएचओको काम र कर्तव्यमा प्रश्न उठाइरहेका ट्रम्पलाई देशभित्रै कोरोना संक्रमणको रोकथाममा गम्भीर नरहेको आरोप लाग्दै आएको छ। ‘मैले मेरो प्रशासनलाई आर्थिक सहायता रोक्ने निर्देशन दिएको छु। विश्व स्वास्थ्य संगठनले गरेको कोरोना भाइरस संक्रमणको ढाकछेप र  नराम्रो व्यवस्थापनको समीक्षा गरिनेछ’, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने।

‘डब्लुएचओ आफ्नो आधारभूत जिम्मेवारी बहन गर्न असफल भएकि छ र यसका लागि उसलाई जवाफदेही बनाउनुपर्छ’, उनले थपे। अमेरिकाको डब्लुएचओको सबैभन्दा ठूलो आर्थिक दाता हो। गत वर्ष अमेरिकाले उसलाई ४ सय मिलियन अमेरिकी डलर सहायता दिएको थियो। यो रकम डब्लुएचओको कुल बजेटको १५ प्रतिशत हो।

‘कोभीन-१९ को महामारीले अमेरिकाको उदारताको उत्तम प्रयोग भए-नभएको गहिरो ध्यान गएको छ’, ट्रम्पले भने। हाल अमेरिका विश्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश हो। त्यहाँ हालसम्म कोरोनाका कारण २५ हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै ६ लाख जना संक्रमित भइसकेका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु