१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

गुल्मी । लक डाउनको समयमा गुल्मीमा नयाँ वर्ष मनाउन पार्कमा पुगेका स्थानीयलाई सशस्त्र प्रहरीले कोरोना भाइरस सम्बन्धी सचेतना कक्षा राखेर छोडेको छ । बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सतर्कता अपनाउन लकडाउन चलिरहेको बेला नयाँ वर्ष मनाउन पार्क पुगेकाहरुलाई सशस्त्र प्रहरी वल गुल्म गुल्मीले नियन्त्रणमा लिएको हो ।

Advertisement

नयाँ वर्षको अबसर पारेर रेसुङ्गा नगरपालिकाको दारेढुङ्गा स्थित पिकनिक पार्कमा पुगेकाहरुलाई सशस्त्र प्रहरीको गस्ती टोलीले फेला परेको थियो । लक डाउनको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर समेत निस्किनको निम्ति प्रतिबन्ध भएको बेला नयाँ वर्ष मनाउन पार्क पुग्नेहरुलाई नियन्त्रणमा लिएर सचेतना कक्षा राखेर छोडेको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक बिनोदराज खनालले बताए ।

कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधाज्ञा (कफ्र्यू) जारी समेत गरिएको छ । अवस्थामा अत्यावश्यक काम बाहेक घर बाहिर हिडन समेत नपाइने अबस्थामा नयाँ वर्ष मनाउन पार्क पुग्नेहरुलाई प्रहरीले घर भित्रै बस्न आफनै स्वस्थ्यको लागि रहेकाले घरभित्र बस्न आग्रह गरिएको खनालले बताए ।

पार्कमा भेटिएकाहरुलाई घर भित्रसुरक्षित तरिकाले बस्न र कोरोना भाइरसबाट जोगिन संक्रमण सतर्कता अपनाउन अत्यावश्यक काम बाहेक बाहिर ननिस्कीन प्रहरी नायव उपरिक्षक खनालले आग्रह गरे। थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुनेछ

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु