ताजा अपडेट »

बुटवलको कोरोना विशेष अस्पतालमा भेन्टिलेटर सहितको आइसियू कक्ष

आइतबार, ३० चैत्र २०७६, १८ : १०
8 Shares

बुटवल । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भोलिदेखि सञ्चालनमा ल्याइने भेन्टिलेटर सहितको आइसियु कक्षको आइतबार मूख्यमन्त्री शंकर पोखरेलले निरिक्षण गरेका छन् । सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै उनले लकडाउनको पालना र सामाजिक दुरी कायम गर्न सक्दा कोरोनाविरुद्ध लड्न सकिने बताए । अहिलेसम्म प्रदेशमा कोरोना संक्रमित नदेखिएको, कोरोना संक्रमित देखिए र बिरामी गंभीर भए उपचारको लागि अस्पताल तयार हुनु सबैको लागि खुशीको विषय भएको बताए ।

कोरोना विरुद्धको लडाई जित्नका लागि चिकित्सक सहितका स्वास्थ्यकर्मी अग्रमोर्चामा रहेर खट्नुपर्ने र उनिहरुकै मिहिनेतले लडाई जित्न सकिने पोखरेलले उल्लेख गरे । सरकारले कोरोना विरुद्धको संघर्ष जित्नका लागि सबै पूर्व तयारी गरिरहेको बताउँदै सिमा नाकामा कडाई गरिएको र राज्यले गरेका निर्णय कार्यान्वयनमा नागरिकको सहयोगले मात्रै कोरोनालाई जित्न सकिने बताए । अस्पताल निर्माणका लागि सहयोग गर्ने र खट्ने सबैलाई मूख्यमन्त्रीले धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य भट्टराईले अस्पताल निर्माणमा सहयोग गर्ने दाताहरुको बिवरण प्रस्तुत गर्दै सबैलाई धन्यबाद ब्यक्त गरे । ४ वटा भेन्टिलेटर र ८ वटा आइसियु शैया राखिएको अस्पतालको आइएसियु कक्षमा थप १२ शैया हुने र २० शैयाको आइसियु हुने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।