ताजा अपडेट »

नेपालमा संक्रमितको संख्या स्थिर, अमेरिकामा २० हजार बढीको मृत्यु

आइतबार, ३० चैत्र २०७६, ०६ : ४४
12 Shares
आइतबार, ३० चैत्र २०७६
12 Shares

काठमाण्डौं । गत आइतबारदेखि नेपालमा कोरोनाभाइरस (कोभिड-१९) का नयाँ संक्रमित फेला परेका छैनन्। गत शनिबार कैलालीमा दुई र कञ्चनपुरमा एक गरी तीनजनामा एकैपटक संक्रमण देखिएको थियो। त्योसँगै नेपालमा कोरोना संक्रमण पुष्टी भएकाकोे संख्या ९ पुग्यो । यिमध्ये ८ जना विदेशबाट आएका थिए भने कैलालीमा एक महिलालाई भारतबाट आएका आफन्तबाट सरेको थियो। स्थानीयस्तरमै संक्रमण हुन थालेपछि नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै थप सचेतता अपनाइयो। सँगसँगै यसले केही त्रास पनि बढायो ।

कोरोना भाइरस संक्रमणका कारण विश्वभर एक लाख तीन हजार ५१२ को मृत्यु भइसकेको छ। १७ लाख १० हजार ५८१ संक्रमति भएका छन्। संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको मृत्यु भएको छ। जोन हकिन्स विश्वविद्यालयको तथ्यांकअनुसार एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने अमेरिका पहिलो मुलुक बनेको छ। अमेरिकामा कोरोना सङ्क्रमणबाट १८ हजार ५८६ जनाको मृत्यु भएको छ। इटलीमा शनिबारसम्म १८ हजार ८४९ काे मृत्यु भएको छ।

संक्रमणका कारण बढी व्यक्तिको मृत्यु हुने अन्य मुलुकमा स्पेन (१६ हजार ३५३), फ्रान्स (१३ हजार १९७), बेलायत (आठ हजार ९५८), इरान (चार हजार २३२), बेल्जियम (तीन हजार ३४६), चीन (तीन हजार ३३९) जर्मनी (दुई हजार ७३६) र नेदरल्यान्डमा (दुई हजार ५११) रहेका छन्।

संक्रमितको संख्या सबैभन्दा बढी अमेरिका (पाँच लाख तीन हजार १७७), स्पेन (एक लाख ६१ हजार ८५२), इटली (एक लाख ४७ हजार ५७७), फ्रान्स (एक लाख २४ हजार ८६९) छ। यस्तै जर्मनी (एक लाख २२ हजार १७१), चीन (८१ हजार ९५३), बेलायत (७३ हजार ७५८), इरान (६८ हजार १९२), टर्की (४७ हजार २९) र बेल्जियममा (२८ हजार १८) संक्रमित भएका छन्। 

इटली र स्पेनमा पछिल्ला केही दिनदेखि मृत्यु हुनेको संख्या क्रमशः घट्दो छ। त्यस्तै तीन लाख ८२ हजार ५३ जना निको भएर घर फर्किएका छन् । अमेरिका, इटली र फ्रान्समा निको भएर घर फर्किनेको संख्या न्यून छ। चीन, स्पेन र जर्मनीमा निको भएर घर फर्किनेको संख्या अमेरिका इटली र फ्रान्समा भन्दा तुलनात्मक रूपमा केही बढी छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।