२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मोत्सव पर्व आज रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी मनाइँदै छ । त्रेतायुगमा पवन र अञ्जनीका पुत्रका रुपमा हनुमानको जन्म भएको थियो ।

Advertisement

रामायणमा वर्णन गरिए अनुसार रावणको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्न श्रीरामभक्तका रुपमा हनुमानले योगदान दिएका थिए । रावणले सीता हरण गरेर लगेपछि रामले दशवटै दिशामा खोज्न दूत खटाए। त्यसबेला समुद्रबाट जानुपर्ने दक्षिणतिर खोज्ने जिम्मेवारी हुनमानको थियो ।

सूर्यका श्रापले उड्न सक्ने शक्ति बिर्सिएका हनुमानलाई रामायणकालीन पात्र जाम्ववानले त्यो शक्तिको स्मरण गराएका थिए । सीता खोज्दै लङ्का पुगेका हनुमानले अशोकवाटिकामा भेटी रामको दूतका रुपमा औँठी दिए ।

सीतालाई अशोकवाटिकामा भेटिसकेपछि हनुमान फलाहार गर्न रावणको बगैँचामा पसे। फल खाइरहेका बेला रावणका सेनाले पक्रिएर दरबारमा पु¥याए । रावणको आदेशमा बजारबाट कपडा ल्याई हनुमानको पुच्छरमा बाँधेर तेल राखी आगो लगाइदिए । हनुमानले लङ्काका विभिन्न स्थानमा आगो सल्काइदिँदै समुद्रमा गई पुच्छरको आगो निभाए । लङ्का जल्न थाल्यो । रावणका सेनामा हाहाकार मच्चियो ।

लङ्काबाट फर्किएर श्रीरामलाई सीताको खबर सुनाएका हनुमानले रामायणको युद्ध अघि दूतका रुपमा रावणलाई शान्तिको सन्देश दिए। रावण सम्मानपूर्वक सीता फर्काउन तयार नभएपछिको युद्धमा पनि हनुमानले श्रीरामलाई साथ दिए। युद्धमा लक्ष्मण मुर्छा हुँदा सञ्जीवनी बुटीका लागि पर्वत नै उचालेर लङ्कामा उतारे ।

बलशाली व्यक्तित्व हनुमानको पूजा आराधना गर्नाले चिताएको पुग्ने, डर, त्रासबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने त्रासमा घर घरमै बन्दाबन्दी (लकडाउन) मा बसेका मानिसका लागि हनुमानको पूजा, आराधना एवं पाठ पारायणले मानसिकरुपमा शान्ति र आशाको सञ्चार गर्ने उनको भनाइ छ ।

विगत वर्षमा हनुमान जन्मोत्सवका अवसरमा मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्र, बजरङ्ग सत्सङ्ग मण्डल, हनुमान सेवा आराधना मण्डललगायत संस्थाले विशेष पूजा आराधनासहित रथयात्रासमेत निकाल्थे । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नियमित पूजा मात्र गरिने बजरङ्ग सत्सङ्ग मण्डलका उपाध्यक्ष कृष्णकुमार अग्रवालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता