ताजा अपडेट »

रोटरी क्लब अफ तिनाउद्वारा प्रदेश कोरोना नियन्त्रण कोषमा ६० हजार सहयोग

शुक्रबार, २१ चैत्र २०७६, १९ : ३१
6 Shares

बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि प्रदेश ५ सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । प्रदेश ५ सरकारले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि स्थापना गरेको कोषमा क्लबले ६० हजार रुपैया सहयोग गरेको हो ।

क्लबका सदस्यहरुबाट संकलन गरिएको उक्त रकम क्लबका अध्यक्ष भगवती पाण्डे र सचिव अमृता भुसालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।
क्लबले प्रदान गरेको चेक ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले व्यवसायीक तथा सामाजिक संघसंस्था समाज र सरकारलाई जोड्ने अभिन्न अंग रहेकोले विपद्को समयमा सरकार र समाजलाई सहयोग गर्नु कर्तव्य भएको बताए।

मुख्यमन्त्री पोखरेललाई क्लबका अध्यक्ष भगवती पाण्डेले रोटरी क्लब अफ तिनाउ बुटवल नेपालका रोटरी क्लबहरुको विचमा एक मात्र शतप्रतिशत महिलामात्र सदस्य रहेको क्लब भएको जानकारी गराएकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।