ताजा अपडेट »

आन्दोलनलाई थप चर्काउँदै शिक्षक महासंघ, काठमाडौं बोलाइयो सबै शिक्षकलाई

सोमबार, १५ बैशाख २०८२, ०९ : ४६
134 Shares
सोमबार, १५ बैशाख २०८२
134 Shares

बुटवल । आइतबार भएको झडपपछि शिक्षकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् । काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउन विज्ञप्ती जारी गर्दै थप शिक्षकहरुलाई काठमाडौं बोलाइएको छ । आन्दोलनको नेतृत्व गरिरहेको  नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको छ ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारीमाथि क्रूर दमन भएको बताउँदै आन्दोलनमा सहभागी हुन देशभरका शिक्षकहरुलाई आह्वान गरेका छन् । उनले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक(कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक(कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।