ताजा अपडेट »

आन्दोलनरत शिक्षकसँग शनिबार विहान साढे ७ बजे वार्ता गर्ने समय तय

शुक्रबार, १२ बैशाख २०८२, २२ : १०
102 Shares
शुक्रबार, १२ बैशाख २०८२
102 Shares

काठमाडौं । सरकारले भोलि शनिवार विहान ७ः३० बजेको समयमा शिक्षक महासंघसँग वार्ता गर्ने समय तय गरेको छ। आज वार्ता हुन नसकेको जनाउँदै शिक्षा मन्त्रालयले भोलि विहानका लागि वार्ताको समय तय गरेको हो।

वार्तामा सहभागी हुन शिक्षक महासंघलाई मन्त्रालयले आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको वार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको जनाएका छन् । शिक्षक महासंघ र सरकार बीच हुने भनिएको वार्ता अन्तिम समयमा भाडिएपछि मन्त्री पन्तले पुनः वार्तामा बस्न आफूहरू तयार रहेको जनाएका हुन् । 

तर, शिक्षक महासंघले भने आज मन्त्रालयलेले  ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्वारबाट फर्किएको थियो । जसका कारण आज हुने भनिएको वार्ता हुन सकेको थिएन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।