ताजा अपडेट »

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा, शिक्षक आन्दोलन अब के हुन्छ ?

सोमबार, ०८ बैशाख २०८२, १७ : ४३
270 Shares
सोमबार, ०८ बैशाख २०८२
270 Shares

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।

शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन सकेको छैन । शिक्षक आन्दोलनकै कारण घेराबन्दीमा परेकी मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।