भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्व मन्त्री दीपक बोहराको निधन सँगै रिक्त भएको रुपन्देही ३ मा प्रतिनिधिसभा सदस्यका लागि उप निर्वाचन हुदैछ । रुपन्देही ३ का लागि हुने उप निर्वाचनमा मुख्य दलहरू भित्र उमेद्वार बन्ने आकंक्षीहरूकाे संख्या पनि बढिरहेको छ ।
यसै बिचमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट स्वर्गीय दीपक बोहराको ठाउँमा को उमेद्वार बन्छ भन्ने चर्चा परिचर्चाहरूका बिच बुद्ध एअरका सिनियर पाइलट समेत रहेका उनका ज्येष्ठ सुपुत्र गौरव बोहराले सक्रिय राजनीतिमा आउन सक्ने सङ्केत गरेकाका छन् ।
उनले शनिवार सामाजिक सञ्जाल फेसबुकमा राखेको स्ट्याटसबाट पनि उनी अब सक्रिय राजनीतिमा आउन खोजेको हाेकी भन्ने सङ्केत गर्छ । बोहराले उनका पिताको राजनैतिक विरासत समाल्न राजनीतिमा जोडिएर अगाडि बढ्ने चाहना देखाएको बुझ्न सकिन्छ ।
शनिबार आफ्ना पिताको अस्तु विसर्जनका लागि भारतकाे बनारसमा रहेका बाेहराले अस्तु विसर्जन क्रिया सम्पन्न गरेसँगै फेसबुकमा लेखेका छन्–‘भारत को पौराणिक एव मोक्ष नगरी शिव नगरी काशी (बनारस) मा बिधि बिधान पूर्वक मेरा स्वर्गीय बुवा दीपक बोहरा ज्यु को अस्थि विसर्जन क्रिया आज सम्पन्न । बुवा को अन्तिम बिदाइ सँगै वहाँ ले देखाएका र सिखाएका सत्कर्ममा लाग्ने प्रयास सहित काशी विश्वनाथ भोलेनाथ सित प्रार्थना गर्दछु।’
रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा कुन कुन पार्टीबाट को–को उम्मेदवार बन्लान् भन्नेबारे बजारमा व्यापक चर्चा परिचर्चा सुरु भइसकेकाे छ । यस्ताे बेला उनले स्वर्गिय बुबाले देखाएकाे र सिकाएकाे सतकर्ममा हिड्ने चाहना सहित राखेकाे स्टाट्यसले उनी अब राजनितमा नै पुर्णकालिन रूपमा लाग्न चाहेकाे भन्ने अर्थमा धेरैले बुझेका छन ।
पञ्चायतकािलन समय देखि वर्तमान गणातान्त्रिक व्यवस्था सम्म समेत रूपन्देहीकाे राजिनतिमा स्व. दीपक बाेरा सक्रिय थिए । रूपन्देहीकाे विकासमा स्व. बाेहराकाे भुमिका लाइ धेरैले स्मरण समेत गर्ने गरेका छन । पछिल्लाे प्रतिनिधि सभाकाे निर्वाचनमा स्व.बाेहराले नेपाली काँग्रेसका नेता बालकृण खाँणलाइ पराजित गर्दै रूपन्देही ३ बाट सभासद चुनिएका थिए ।
प्रतिक्रिया