ताजा अपडेट »

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

शुक्रबार, ०५ बैशाख २०८२, ०८ : ३५
788 Shares
शुक्रबार, ०५ बैशाख २०८२
788 Shares

कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा चौधरीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएका छन । कम्पाउन्ड बाहिरबाट हानेको गोलीबाट छलेकोले आफूलाई कुनै चोटपटक नलागेको उनले जनाएका छन ।

साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।