ताजा अपडेट »

चौराहा-गोलपार्क सडकः नयाँ कम्पनीले काम सुरु गर्यो, दुई सिफ्टमा काम हुने

मंगलबार, २० कार्तिक २०८१, ११ : ४३
4.95K Shares
मंगलबार, २० कार्तिक २०८१
4.95K Shares

बुटवल । विगत ८ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले तिहार लगत्तै मँगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो । 

बावुल दर्शन मालिका जेभी भैरहवाका को ओनर टउफिक रहमन खानले सडक निर्माणको काम राती र दिउँसो दुई सिफ्टमा गर्ने बताए । साथै उनले छर्ठ पर्व पछि जनशक्ति पनि थप गरी तीव्र गतिमा निर्माण गर्ने बताए । 

‘आजदेखि हामीले इलाका प्रशासन कार्यालय नजिकबाट निर्माणको काम सुरु गरेका छौँ । छठ पर्व पछि जनशक्ति थप गरेर दिउँसो र राती गरी दुई चरणमा काम गरी तोकिएको समयसिमा भित्रै सडक निर्माणको काम सम्पन्न गछौँ,’ –उनले भने ।

सुरुमा खालि रहेको ठाउँमा निर्माणको काम गर्ने र त्यसपछि अन्य ठाउँको काम गर्ने उनले बताए । सडक निर्माण गर्दा धुलो हुने भएकाले धुलो उड्न नदिनका लागि पानी राख्ने बावुल दर्शन मालिका जेभी भैरहवाका को ओनर खानले बताए । 

कञ्चनजंघा बिरुवा जेभीसँग वि.स. २०७३ साल चैत्र १७ गते २०७६ सम्ममा सडक विस्तार सक्ने गरी ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयांमा ठेक्का सम्झौता भएको थियो । तर, ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो । 

ठेक्का रद्द भएपछि बावुल दर्शन मालिका जेभी भैरहवासँग असोज १८ गते १ वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका सुचना अधिकारी महेश्वर लम्सालले बताए । साढे ३ किलोमिटरको ६ लेन सडक  विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा ठेक्का सम्झौता भएको सुचना अधिकारी लम्सालले बताए । 

फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने सुचना अधिकारी लम्सालले बताए । सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइने गरी ठेक्का सम्झौता भएको सूचना अधिकारी लम्सालले बताए । 


 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।