ताजा अपडेट »

हाम्रो संस्कृति हाम्रो पहिचान

सोमबार, १४ जेठ २०८१, १४ : ०२
572 Shares
सोमबार, १४ जेठ २०८१
572 Shares

कविता खनाल/ नेपाल बहुजाती, बहुभाषी र बहुसांस्कृतिक सुन्दर देश हो । कुनै राष्ट्र, समाज र जाती आदिको परम्परादेखि चल्दै आएको रहनसहन चालचलन मूल्य मान्यताहरु नै संस्कृति हन । यिनै विविधतामय समाजको जगमा नेपाली संस्कृतिको निर्माण भएको छ। हाम्रो  संस्कार र संस्कृति हाम्रो  लागि अमूल्य सम्पत्ति हुन् ।

हाम्रो  मुलुुक बहुरङ्गी फुलहरु फुलेको सुन्दर उपवन जस्तै छ जसका कारण पारस्परिक सद्धभाव, सहयोग र सुगन्धमा मग्मगाएको छ । “संगै बाँचौ संगै नाचांै”  “गास छोड्नु तर साथ नछोड्नु” उखानले पनि पारस्परिक सहयोगको संवेदनशिलताको दृश्टान्त प्रस्तुत गर्दछ । पृथ्वीनारायण शाहको कथन अनसार चार जात छत्तिस वर्णको फुलवारीको रुपमा रहेको विशिष्टकृत शभ्यता नै नेपालको मुल परिचय हो । २०७८ को जनगणना अनसार यहाँ १४२ जातीका मानिसहरु मिलेर बसेका छन् भने १२४ भाषाभाषीहरुका बिचमा पनि आपसी सद्धभाव कायम  रहेको छ । 

यसै गरी यहाँ १० धर्म मान्ने समुदायहरु छन् । यहाँ मन्दिरले मस्जिदको रिस गर्दैन भने गुम्बाले गिरिजाघरलाई गाली गर्दैन्। सबैमा पारस्परिक एकता, धार्मिक सहिष्णुता, परोपकारको धारणा, सिष्टता र सम्मान छ । विविधता भित्रको एकता नेपाली संस्कृतिको मुल खम्बा हो ।  २०७२ असोज ३ गतेको संविधान अनुसार नेपाल धर्म निरुपेक्ष राष्ट्र घोषणा भएपनि विश्वब्यापी रुपमा ख्याती कमाएको पूर्विय शभ्यताका कारण नेपालमा पनि सांस्कृतिक  तथा आध्यात्मिक जागरण  को प्रभाव बृद्धि हदै गएको छ । विश्वको एक मात्र हिून्द राष्ट्रको पहिचान सम्मान र स्वतन्त्रका लागी नेपाल राज्यले त्यागे पनि पछिल्लो समयमा धार्मिक, सांस्कृतिक  तथा आध्यात्मिक जागरण  तिब्र रुपमा विकास भईरहेको छ । सांस्कृतिक  तथा आध्यात्मिक जागरणले धर्म र संस्कृतिको मात्र जागरण गर्दैन यसले योग, ध्यान जस्ता साधन मार्फत मान्छे को स्वास्थ्यमा सकारात्मक प्रभाव उत्पन्न गर्दछ । 
 
वास्तवमा हाम्रा कला, साहित्य, दर्शन जस्ता वाङ्मय का कारणले पनि हाम्रो संस्कृतिलाई  मिश्रित संस्कृतिको रुपमा परिभाषा गर्न सकिन्छ । बुद्ध, किराँत र हिून्द परम्परा भित्रका कौटल्य दर्शन र चिन्तनले आपसी सद्धभाव मात्र नभई सामुहिक एकताको भावलाई उदृत गर्दछ । त्यसैले पनि वशुधैवम् कुटुम्वकम्को मुलमत्र हाम्रो संस्कृतिमा प्रसिद्ध छ । हालै गौतम बुद्धको २५६८ औं जन्मजयन्तीको सुअवसरमा गौतम बुद्धको जन्मस्थल लुम्विनीमा विभिन्न समुदायका मानिसहरुको उपस्थितीले पनि सामुहिक एकतामा जोड दिएको अनुभति महशुस गर्न सकिन्छ । 

यस विषय प्रसङ्गले पनि हाम्रा संस्कृति धारण गर्न योग्य रहेको पष्टि  गर्दछ । पछिल्लो समय नेपाल भर ध्यान, योग शिविर संचालन भैरहेका छन् । मानिसहरुको बदलिदो खानपिन र जिवनशैलीका कारण अस्वस्थ ब्यक्तिको संख्या बढ्दै जानुले पनि मानिसको ध्यान हाम्रा मौलिक साधना , योग र संस्कृतिमा आकर्षित भएको हुन सक्छ । नेपाली संस्कार र संस्कृतिमा बिकृति नभएका पनि  होईनन् । हाल हाम्रा संस्कृति कुप्रथाबाट मुक्क्त हुन सकेको छैन् । गरिव असहायलाई नोकर बनाउँने सामन्तीवादी सोचबाट आक्रान्त छ । 
अझै भन्न पर्दा हाम्रो समाज ,संस्कृतिलाई भुलेर पाश्चात्य संस्कृतिलाई अंगाल्ने प्रबृति हावी भएको छ ।

आफ्नो संस्कृतिलाई केवल संग्रालयमा निश्चित गरी विदेशी संस्कृति पहिरिएर हामी महान र विकसित बन्ने प्रयत्न गरिरहेका छौं । यस्ता बिकृति र बिसंगतीलाई हटाउन राज्यस्तरबाटै पहलकदमी नीति अवलम्वन हुन जरुरी छ । समुदाय वा नागरिकहरुले आफ्नो कला, संस्कृति, धर्म र शभ्यताको संरक्षणको भूमिकामा लागि पर्न जरुरी छ । पुरातात्विक विभाग, संस्कृति मन्त्रालय, नेपाल सरकार आदिको सक्रिएतामा नेपाली मौलिक कला, धर्म, संस्कार र संस्कृतिको संर्वधन र प्रर्वधनमा जोड दिन पर्छ ।

योग, साधना, ध्यानको महत्व उजागर गर्न सके मात्र मुलुक सांस्कृतिक र अध्यात्मिक रुपमा धनी र संमृद्धि हुनेछ । यसले हाम्रो अस्तित्व र शभ्यतालाई मजबुत र बलियो बनाउँने मात्र होइन् । हाम्रा महान बिचार र विचारको परिचयलाई संसारभर परिचित गराउने छ । गौतमबद्ध, पाणीनी, ब्यास जस्ता कर्मविर द्रष्टाहरुको चैतन्य चिन्तनलाई जागृत गराईरहन्छ । 

तसर्थ हाम्रो संविधानको धारा ९ को उपधारा १ संग सम्वन्धित अनसुुुची २ मा प्रदत्त भएको राष्ट्रज्ञानले उल्लेख गरेको सैयौं फूलका थुँगा हामी एउटै माला नेपाली जस्तै हाम्रा कला, धर्म सांस्कृति  तथा अध्यात्म को  जागरण र संरक्षणमा लाग्नु को विकल्प छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।