ताजा अपडेट »

गुल्मी मालिका- ४ अर्खबाङ्ग रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान

शुक्रबार, ३० चैत्र २०८०, १७ : ४६
198 Shares
शुक्रबार, ३० चैत्र २०८०
198 Shares

बुटवल । गुल्मी मालिका गाउँपालिका वार्ड नं ४ अर्खबाङ्ग रुपन्देही सम्पर्क समाजले  शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८१ को अवसरमा बुटवलमा  शुक्रबार एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा बोल्दै  मालिका गाउँपालिका वार्ड नं ४का निवर्तमान अध्यक्ष हिराालाल अर्यालले सम्पर्क समाजले अझ बढी सामाजिक कार्यमा लाग्ने बताए । शुभकामना कार्यक्रममा सल्लाहकार   उमेश रेग्मी,टेकराज रेग्मी बिमल लगाएतले बोल्दै विगतका सबै राम्रा काम र कमजोरीलाई सुधार गरि प्रभावकारी रुपमा सम्पर्क समाजलाई अघि बढ्नु पर्ने बताए  । सोही कार्यक्रम नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचन समेत गरिएको सदस्य बाबुराम रेग्मीले जानकारी दिए ।

उक्त कार्यक्रम अध्यक्ष वीरेन्द्र अर्याल अध्यक्षता,  भिततेपात्रो प्रकाशन समितिका संयोजक दिपक अर्यालको संचालन र  सचिब टेकराज रेग्मीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । 

२०७४ सालमा स्थापना भएको सम्पर्क समाजले अर्खवाङ्गलाई एम्बुलेन्स प्रदान गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका समाजका सदस्यहरुलाई आर्थिक सहयोग गर्ने गरेको छ । सम्पर्क समाजमा अहिले ३७ जना आजीवन सदस्य, १ जना मानार्थ सदस्य र १०४ जना साधारण सदस्य रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।