ताजा अपडेट »

त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षाको प्रश्नपत्र अब नेपाली भाषामा पनि आउने

शनिबार, १७ चैत्र २०८०, ०६ : ४९
76 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका  सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ । आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने भएको हो ।विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको यही चैत १५ गतेको बसेको बैठकले सो निर्णय गरेको विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

विश्वविद्यालयले हालसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेकामा सरोकारवालाबाट नेपालीमा पनि सोध्न आग्रह हुँदै आएको थियो । साथै तल्ला तहमा विद्यार्थीले अङ्ग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा  सही रूपमा उत्तर लेख्न नसकेका कारण विद्यार्थीको नतिजामा असर पर्दै आएको पाइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।