ताजा अपडेट »

पश्चिम नेपाल बस व्यवसायी प्रालिमा चुनावी रौंनक, खरेल नतृत्वको संयुक्त प्यानल घोषणा

मंगलबार, १३ चैत्र २०८०, २२ : १८
48 Shares

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा नयाँ नेतृत्व चयनका लागि चुनावी रौंनक सुरु भएको छ । यसैबीच आशन्न निर्वाचनका लागि मँगलबार दधिराम खरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरिएको छ । प्रा.लि.को दोस्रो अधिवेशनमा 'जसको नीति उसको नेतृत्व' भन्ने नारासहित खरेलको नेतृत्वमा प्यानल घोषणा गरिएको हो ।

बुटवलमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको संयुक्त प्यानलबाट हालका अध्यक्ष दधिराम खरेललाई प्रा.लि.को अध्यक्षमा अघि सारिएको छ । त्यस्तै प्रा.लि.को सञ्चालक समितिमा जीवन कुमार बञ्जाडे, मोहन पि.एस. रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण भण्डारी, नारायणप्रसाद घिमिरे, गोपाल बहादुर पौडेल, चेत नारायण बेलबासे, रामचन्द्र भुसाल र सुरेन्द्र श्रेष्ठ उम्मेदवारी सार्वजनिक गरिएको छ । प्रा.लीको दोस्रो अधिवेशन चैत १६ र १७ गते हुँदैछ ।

प्यानल घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार खरेलले प्रा.लि.लाई अझ सक्षम र सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । समितिबाट कम्पनीमा जाँदा धेरै ठूलो आर्थिक भार परेको अवस्थामा त्यसलाई समाधान गरेर कम्पनीलाई सक्षम बनाएको बताए । दुर्घटना न्यूनिकरण, सवारी साधनको विमा पोलिसीलाई अझ चुस्त बनाउन आफ्नो नेतृत्वको टिमले काम गर्ने सो अवसरमा उनले प्रतिबद्धता जनाए ।

उनले कम्पनीलाई गतिशिल बनाउँदै व्यवसायिको पक्षमा काम गर्न समितिकै सदस्यहरुले दिएको जिम्मेवारी पूरा गर्न अध्यक्षमा पुनः उम्मेदवारी दिएको बताए । कम्पनी सफल हुनुमा नेतृत्वकर्ताको मात्र भूमिका नहुने उल्लेख गर्दै खरेलले स्प्रीडमा काम गर्ने सक्षम नेतृत्व टिम आफूसँग रहेको बताए । व्यवसाय सञ्चालन नगर्ने तर नेतृत्वमा आउन खोज्नेहरुबाट कम्पनीले उल्लेख्य सफलता हात नपर्ने भन्दै खरेलले आफ्नो टिम व्यवसायीहरुको मात्र टिम रहेको बताए ।

संयुक्त प्यानलका चुनाव प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सापकोटाले जुझारु र युवा नेतृत्वको टिमले कम्पनीलाई गतिशिल बनाउँदै व्यवसायीको पक्षमा काम गर्ने बताए । २ दिनसम्म चल्ने अधिवेशनमा कम्पनीमा आवद्ध २ हजार २ सदस्यले मतदान गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।