ताजा अपडेट »

२०६ पटक रगत दान गरेका अर्जुन मैनालीले  गरे आत्महत्या

सोमबार, २९ माघ २०८०, २० : १७
158 Shares

बुटवल  । दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्महत्या गरेका छन् ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको हो । उनले आज बिहान फेसबुकमा स्टाटस लेख्दै आत्महत्या गर्न लागेको जानकारी दिएका थिए ।  उनले विश्वका विभिन्न देशहरुमा एक सय ३४ पटक रगत र ७२ पटक रक्ततत्व प्लेलेट्स दान गरेका छन् ।

रक्तदानबारे उत्प्रेरणा जगाउने तथा रक्तदान कार्यक्रमको संयोजन गर्ने विभिन्न संस्थामा आबद्ध मैनाली अमेरिका बस्दै आएका थिए ।  मैनालीको जन्मस्थान काभ्रेपलाञ्चोकको सिपाली हो । मैनालीले विश्वका विभिन्न देशमा पुगेर रक्तदान गर्न उत्प्रेरणा जगाउने अभियान चलाउँदै आएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।