ताजा अपडेट »

कांग्रेस महामन्त्री थापाको संबाद यात्रा आज रुपन्देही आईपुग्दै

धकधई , भैरहवा , बेथरी र लुम्बिनीमा कार्यक्रम हुने

मंगलबार, २३ माघ २०८०, ०८ : २७
152 Shares


रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुरु गर्नुभएको संबाद यात्रा आज रुपन्देही आईपुग्दैछ । समूदायमा कांग्रेस अभियान अन्र्तगतको संबाद यात्रा रुपन्देहीको क्षेत्र नम्बर १ अन्र्तगत रोहिनी गाउँपालिकाको धकधईमा दिउसो १२ बजे आईपुग्ने क्षेत्रिय सभापति हिरा के सी ले जानकारी दिए । महामन्त्री थापाको संबाद यात्राको स्वागतका लागि सम्पुर्ण तयारी पुरा भएको क्षेत्रिय सभापति के सी ले बताए ।

धकधईमा महामन्त्री थापाले स्थानीय संग खुल्ला संबाद गर्ने कार्यक्रम रहेको छ । धकधई पछि महामन्त्री थापाले क्षेत्र नम्बर ३ अन्र्तगत भैरहवामा दिउसो २ बजेदेखि उद्योगी व्यबसायी र सरोकारवालाहरु संग संबाद गर्ने कार्यक्रम तय भएको क्षेत्रिय सभापति श्ुसिल गुरुङ्गले जानकारी दिए । दिउसो ४ बजे बेथरीमा मायादेवी गाउँपालिकाको भवन अवलोकन र स्थानीय संग संबाद कार्यक्रम आयोजना गरिएको पुर्ब सांसद एवं कांग्रेस नेता प्रमोद यादवले जानकारी दिए ।

क्षेत्र नम्बर ५ अन्र्तगतको लुम्बिनीमा बेलुका ५ बजे लुम्बिनी बौद्ध बिश्व बिद्यालयको अबलोकन र अन्र्तकृया तथा ६ बजे पडरीयाचोकमा स्थानीय संग महामन्त्री थापाको सम्बाद कार्यक्रम तय भएको नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य एबं युवा नेता फकरुद्धिन खानले जानकारी दिए।

माघ १३ गते झापाबाट सुरु भएको महामन्त्री थापाको संबाद यात्रा हुलाकी राजमार्ग अन्र्तगतका जिल्लाहरुमा रहेका नेता कार्यकर्ता तथा स्थानीय संग भेटघाट , छलफल र अन्र्तकृया गर्दै रुपन्देही आईपुगेको हो । रुपन्देहीमा पर्ने हुलाकी राजमार्गका क्षेत्रमा कार्यक्रम सफल बनाउन तयारी पुरा गरिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले जानकारी दिए ।  

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।