ताजा अपडेट »

पीएम कप: सुदूरपश्चिमको पहिलो हार, मधेश ८० रनले विजयी

सोमबार, ०८ माघ २०८०, १७ : १९
104 Shares
सोमबार, ०८ माघ २०८०
104 Shares

काठमाडौं । जारी पीएम कपमा सुदूरपश्चिम प्रदेशले पहिलो हार बेहोरेको छ ।

टियु मैदानमा सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ३२० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ४४.५ ओभरमा अल आउट हुदै २३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि नरेन भट्टले १२१ रनको शतकीय पारी खेलेपनि जित भने दिलाउन सकेनन ।

यस अघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाउदै ३१९ रन बनाएको थियो । मधेशका लागि मयन यादवले ११५ रनको शतकीय पारी खेलेका थिए भने पवन सराफले ७० तथा अनिल शाहले ६९ रन बनाएका थिए ।

यो जितपछि मधेश प्रदेशले ६ खेलमा ८ अंक हासिल गरेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।