ताजा अपडेट »

तिलोत्तमाको दोस्रो नगरसभा तथा चौथौं अधिवेशन सम्पन्न

विहीबार, २६ पुस २०८०, ०९ : १४
180 Shares

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। विभिन्न ६ वटा विधेयकमाथि छलफलपछि पारित गर्दै नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको हो।

नगरपालिकाले हिउँदे अधिवेशन तथा चौथो नगरसभा विभिन्न निर्णय गर्दै बुधबार सम्पन्न गरेको हो । नगरसभा तथा हिउँदे अधिवेशन नगर प्रमुख रामकृष्ण खाँणको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको हो । नगर सभाले कार्यपालिकाले निर्णय गरेका विधेयक, न्यायिक समिति, लेखा समिति, आर्थिक ऎन २०८०, विपद व्यवस्थापन तथा वातावरण र प्राकृतिक स्रोत व्यवस्थापन सम्वन्धि विधेयक पास गरेको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । विभिन्न कार्यक्रमको अनुमोदन, न्यायीक समितिको प्रतिवेदन तथा करका केहि दायरामा हेरफेर समेत गरेको छ ।

हिउँदे अधिवेशनको समापनको अवसरमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले न्यायिक समिति प्रतिवेदन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र तिलोत्तमा आर्थिक ऐन २०८० प्रथम संशोधन प्रस्ताव पेश गरेकी थिइन् । तिलोत्तमा वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले लेखा समितिको प्रतिबेदन, कार्यपालिका सदस्य राधा शाही ठकुरीले कार्यपालिका निर्णय प्रस्ताव, रवि सेन्चुरीले खानेपानी तथा सरसफाई र स्वच्छता विधेयक २०८० प्रस्तुत गरेका थिए । ति सबै विधेयक नगरपालिकाका सभा सदस्यहरु बीच प्रस्तावको अनुमोदन गरि पारित समेत गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।