ताजा अपडेट »

कान्स र बर्लिन जितेका ब्रुस डेर्नले नेपाली चलचित्र ‘भूठान’मा अभिनय गर्ने

मंगलबार, २४ पुस २०८०, १५ : ११
76 Shares
मंगलबार, २४ पुस २०८०
76 Shares

काठमाडौं । विनोद पौडेलको निर्देशन रहने नेपाली चलचित्र ‘भूठान’मा  अमेरिकी अभिनेता ब्रुस डेर्नले पनि अभिनय गर्ने भएका छन् । ८५ वर्ष छेउछाउका बु्रसले सन् २०१३ मा रिलिज भएको ‘नेब्रास्का’बाट युरोपको सर्वाधिक प्रतिष्ठित फेस्टिभल कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यसैगरी उनले सन् १९८३ मा रिलिज भएको ‘द्याट च्याम्पियनसिप सिजन’बाट बर्लिनमा सिल्भर बियर अवार्ड जितेका थिए ।

गोल्डेन ग्लोबदेखि ओस्कार अवार्डसम्ममा मनोनयनमा परेका ब्रुसले यही महिना ‘भूठान’को सेट ज्वाइन गर्नेछन् । चलचित्रको सुटिङ सोमबारबाट अमेरिकाको ओहायो राज्यको एक्रोनमा सुरु भएको छ । १ महिना सुटिङ अवधि रहेको चलचित्रका लागि हरिवंश आचार्य र दयाहाङ राई यसअघि नै अनुबन्धित भइसकेका छन् । 

अंग्रेजी नाम ‘ह्याप्पिएस्ट म्यान इन दि वल्र्ड’ राखिएको फिल्मले भुटान छाडेर अमेरिकामा आप्रवासनमा गएका एक वृद्धको कथा भन्नेछ । चलचित्रमा हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरिरहेका छन् । चलचित्रमा जोयस पान्डे, विमल सुवेदी, ऋचा घिमिरे, पूजा लामा आदि कलाकारको पनि अभिनय रहनेछ । चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् भने चलचित्रको छायांकन सुशन प्रजापतिले गरिरहेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।