ताजा अपडेट »

राष्ट्रियसभा उम्मेदवार बिरूद्ध उजुरी दिने समय आज

मंगलबार, २४ पुस २०८०, ०८ : ०२
64 Shares

काठमाडौं । राष्ट्रियसभा उम्मेदवारी बिरूद्ध आज उजुरी दिन समय छुट्याइएको छ । माघ ११ गते हुने निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरूद्ध आज उजुरी दिने समय छुट्याइएको निर्वाचन आयोगले जनाएको छ ।

फागुन २० गते समयसीमा सकिन लागेका २० सदस्य मध्ये १९ जना निर्वाचित भएर जानेछन भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् । जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । भोली भने यसरी परेका उजुरी विरुद्ध छानबिन गरिनेछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।