ताजा अपडेट »

लुम्बिनीमा राष्ट्रिय सभाका लागि एमालेले गरायो उम्मेदवारी दर्ता

सोमबार, २३ पुस २०८०, १३ : ५०
156 Shares

बुटवल । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेकपा एमालेका झपेन्द्र जिसी र तुलसाकुमारी केसीले दाङ स्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचनका लागि आज विहान एमालेका तर्फबाट उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

जिसीको प्रस्तावकमा गिरिधारीलाल न्यौपाने र समर्थकमा तुलसी प्रसाद चौधरी गरेका छन् । यसैगरी केसीको प्रस्तावकमा नरुलाल चौधरी र समर्थकमा सीता शर्मा रहेको एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । यसअघि एमाले जिल्ला पार्टी कार्यालयमा संक्षिप्त समारोह बीच पोलिटब्युरो सदस्य लिला गिरीले माला लगाएर पार्टीको उम्मेदवारको टिकट हस्तान्तरण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।