ताजा अपडेट »

माघ १२ मा एनएसजेएफ स्पोर्टस अवार्ड

सोमबार, २३ पुस २०८०, ०८ : ४१
64 Shares
सोमबार, २३ पुस २०८०
64 Shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने २०औँ संस्करणको स्पोर्टस अवार्ड आगामी माघ १२ गते हुने भएको छ ।

मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा पुरस्कार प्रदान गरिने जानकारी दिएका हुन् ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ । त्यसैगरी, लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको विजेताको नाम भने पुरस्कार प्रदान गरिने दिनमा घोषणा गरिनेछ ।

यसपटक वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीका विजेताले एक–एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । पहिलोपटक पाँच विधाका विजेताले मोटरसाइकल पाउने भएका हुन् । त्यस्तै, अन्य विधाका विजेताले भने जनही रु ५० हजार पाउनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।