ताजा अपडेट »

अशान्त बनेको सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, भोलिसम्म निषेधाज्ञा

शनिबार, २१ पुस २०८०, १० : ५८
76 Shares
शनिबार, २१ पुस २०८०
76 Shares

काठमाडौं । सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार  उत्पन्न परिस्थितीपछि लगाइएको कर्फ्यु हटेको छ । स्थानीय प्रशासनले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो ।

शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका-६ का जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो । मृतक जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै रहेको स्थानीयले बताएका छन् ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञाको समयमा भेला हुन, सभा तथा गतिविधि गर्न नपाइने बताएको छ । 

नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारेमा थप अनुसन्धान भइरहेको बताए । 


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।