ताजा अपडेट »

उत्कृष्ट संसदीय पत्रकारिता पुस्कारबाट केसी सम्मानित

शनिबार, २१ पुस २०८०, ०९ : ५२
132 Shares
शनिबार, २१ पुस २०८०
132 Shares

लुम्बिनी । उतकृष्ट संसदीय पत्रकारिता पुरस्कारबाट पत्रकार भरत केसी सम्मानित भएका छन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाको अवसरमा शनिबार केसीलाई सम्मान गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी बिकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले केसीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित २५ हजार ५२५ रुपैयाँ नगद राशी प्रदान गरिएको छ । दुई दशक लामो समयदेखि पत्रकारिता गर्दै आएका केसी रासस लुम्बिनी प्रदेशका प्रमुख हुन् ।

घनश्याम गौतम संयोजक तथा रेखा भुसाल र दिपक घिमिरे सदस्य रहेको मुल्याङ्कन समितिले केसीको नाम सिफारिस गरेको थियो । शुक्रबारदेखि सुरु भएको समाजको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।