ताजा अपडेट »

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकका यी हुन् एजेन्डा

बुधबार, १८ पुस २०८०, ११ : ३९
44 Shares

 

काठमाडाैं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक बस्दै छ । साे बैठकका लागि भारतीय विदेशमन्त्री एस जय‌श‌ंकरसहित ऊर्जा मन्त्रालयकाे टाेली काठमाडाैं आइपुगेकाे छ । दुवै देशका परराष्ट्रमन्त्रीकाे राेहवरमा मा वाणिज्य मन्त्रालयबीच विभिन् एजेन्डा पनि छलफल हुनेछ । 

यी हुन् एजेन्डा :

-दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रयास

- कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारिज गरेर नेपालले भारतको कृषि जन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ ।

- भारतबाट नेपालमा आयात हुने कृषि उत्पाद वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने प्रस्ताव

- नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव

- ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव

- भारतले जुट लगायतका सामग्रीमा लगाउंदै आएको एंटी डम्पिंग ड्यूटी हटाउनु पर्ने प्रस्ताव

- नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनु पर्ने प्रस्ताव

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।