ताजा अपडेट »

मन्त्री ज्वालाको आगमनका कारण स्थिति असामान्य बन्यो: गृहमन्त्री श्रेष्ठ

सोमबार, १६ पुस २०८०, १२ : १७
48 Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको आगमनका कारण बालकुमारी घटनामा स्थति असामान्य बनेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले प्रारम्भिक अध्ययनबाट आन्दोलनकारीहरूसँग मन्त्री ज्वालाले सवाल जवाफ गरेपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको देखिएको बताए । 

साथै प्रहरीले फायरिङ गरेपछि मन्त्रीको गाडी जलेको देखिएको उनको जवाफ छ ।  गत शुक्रबार भएको बालकुमारी घटनामा प्रहरीको गोली र पिटाइबाट दुई युवकले ज्यान गुमाएका थिए । सो घटनामा प्रहरीको कमजोरी स्वीकार्दै गृहमन्त्री श्रेष्ठले इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको पनि बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।