ताजा अपडेट »

गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

शुक्रबार, १३ पुस २०८०, ११ : ४०
66 Shares
शुक्रबार, १३ पुस २०८०
66 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ ।

३ जना अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना तथा चुडामणि भण्डारी सहित ४ जनाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको हो। 

अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै बिहीबार सर्वोच्चमा रिट दायर भएको थियाे । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम् स्नातकोत्तर तोकिएको छ। तर, गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी निवेदकको छ। 

न्यूनतम शैक्षिक योग्यता नै नभएको व्यक्ति गर्भनरमा राखिरहनु उपयुक्त नहुने भन्दै गर्भनर अधिकारीको नियुक्ति बदर गर्नुपर्ने रिटको माग छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।