ताजा अपडेट »

कोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो

आइतबार, १७ मंसिर २०८०, १६ : ०६
40 Shares

काठमाडौं । कोशी प्रदेशका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरू माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईलाई जिम्मेवारी दिएका हुन् । 

उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्कीले गत असोज २७ गते पहिलो मन्त्रिपरिषद् विस्तार गरेका थिए। सोही दिन मन्त्री नियुक्त भएका एमालेका राम रानाले पछि राजीनामा दिएका थिए। 

माओवादी र एकीकृत समाजवादीलाई समेत मन्त्रिपरिषद्‌मा सामेल गराइएको भन्दै उनले राजीनामा दिएका थिए। माओवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।