ताजा अपडेट »

कटुवा पेस्तोलसहित एकजना पक्राउ

सोमबार, १५ साउन २०८०, १५ : २५
8 Shares
सोमबार, १५ साउन २०८०
8 Shares

मोरङ । पथरी शनिश्चरे नगरपालिका-३ विकास टोल बस्ने ३२ वर्षीय राज कुमार तुम्बापोलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।