ताजा अपडेट »

कांग्रेसमा २२ विभाग थप्ने महामन्त्री थापाको प्रस्ताव

मंगलबार, ०२ साउन २०८०, १७ : १८
4 Shares

काठमाडौं । नेपाली कांग्रेसको कन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगन थापाले २२ नयाँ विभाग थप गर्ने प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव पारित भएमा कांग्रेसमा ७० वटा विभाग हुनेछ । 

बैठकमा महामन्त्री थापाले गरेको नयाँ प्रस्तावित विभागहरुमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग रहेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।