२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023


मुगु। छायाँनाथ रारा नगरपालिका–१ छत्याल बाडाकी ७० वर्षीया चुम्फा नेपाली निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र मुगुमा आइन् ।  रेडियो लगायत सञ्चार माध्यमबाट निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना पाएकै भरमा उनी शिविरमा आइन् । शिविरमा आएर मोतिया विन्दुको सफल शल्यक्रियापछि उनी खुसी भएकी छन् । 

‘आँखाको अपरेसन निःशुल्क भयो । अब अरूले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ,’  आँखाको ज्योति पुनः पाएपछि उनले खुसी हुँदै भनिन् । श्रीमान प्रदिप नेपालीको ६ वर्षअघि निधन भयो । सोही बेलादेखि आँखामा समस्या भएको उनले बताइन् । श्रीमानको निधनसँगै आँखाको ज्योति पनि धमिलो हुँदै गएको उनले जानकारी दिइन् । ‘श्रीमानको निधनकै बेलादेखि धमिलो हुँदै गएको थियो । पछि देख्नै नसक्ने भएँ,’ उनले भनिन्, योभन्दा ठूलो पिडा के होला र ?  तर, अहिले शल्यक्रियापछि आफूले फेरि संसार देख्न पाएको चुम्फाले बताइन् । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना  हिमालय आँखा अस्पताल घाँरीपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ  एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लामा निःशुल्क आँखा चेकजाँच गरिएको हो ।  

शिविर तीन दिनसम्म सञ्चालन हुनेछ । दोस्रो दिनसम्म  ३५ जना आँखाका बिरामीको मोतियाबिन्दु गरिएको छ । जसमा २१० जना आँखाका बिरामीलाई निःशुल्क चेकजाँच गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले बताए ।  बुधबारबाट सुरु भएको तीनदिने शिविरमा मोतीबिन्दु, मासु पलाएको रोगको निःशुल्क शल्यक्रियालगायत आँखा सम्बन्धी सम्पूर्ण उपचारहरू निःशुल्क प्रदान गरिने, आँखाको बिरामीहरुको पहिचान गरि आबश्यक अनुसारका चस्मा प्रयोग, औषधि, परामर्श दिने गरिएको हिमालय आँखा  अस्पताल बाट शिविरमा आउनु भएका डा. गोविन्द नाथ योगीले जानकारी दिए । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै