११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

काठमाडौं । अमेरिकी नागरिकता त्यागे पनि प्रक्रियागत रूपमा नेपालको नागरिकता नलिईकन चुनाव जितेका रवि लामिछानेको प्रतिनिधिसभा सदस्यसँगै सबै पद खारेज भएका छन् ।

Advertisement

सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाअनुसार गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेका सबै पद गुमेका हुन् ।

विदेशी नागरिकता त्यागिसक्दा पनि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगर्दा उनको सांसद पद गुमेसँगै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति पदसमेत बदर भएका छन् । उपप्रधान एवं गृहमन्त्रीसहित सरकारमा गएको ३३ औं दिनमा सबै पद गुमाउने उनी सम्भवतः नेपालकै पहिलो उच्च पदस्थ हुन् ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेले विदेशी मुलुकको नागरिकता त्यागेको जानकारी विधिवत् रूपमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष नगराएको पाइएकाले उनको नेपाली नागरिकता कायम नरहने फैसला शुक्रबार गरेको हो ।

विदेशी नागरिकता लिएपछि नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा प्रजिअलाई दिनुपर्ने कानुनी व्यवस्था छ । उक्त प्रक्रिया पूरा नगर्दा लामिछाने पदविहीन भएका हुन् ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी