ताजा अपडेट »

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरको सम्मानजनक अवकाशको सम्भावना क्षीण

आइतबार, २५ मंसिर २०७९, ०७ : ५४
58 Shares

काठमाडौं । प्रधानन्यायाधीशको हैसियतमा चोलेन्द्रशम्शेर जबरा एक दिनको लागि भए पनि सर्वाेच्च अदालत फर्किएर सम्मानजनक अवकाश लिने सम्भावना क्षीण भएको छ ।

जबराको निलम्बित फुकुवा गर्ने संघीय संसद् सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएपछि सो सम्भावना क्षीण भएको हो । ६५ वर्ष उमेर हदका कारण प्रधानन्यायाधीश जबराले २०७९ मंसिर २७ गते मंगलबार अवकाश लिनुहुनेछ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले महाअभियोग लागेपछि प्रधानन्यायाधीशको हैसियतमा काम गर्न नपाउने कानुनी प्रावधान हाल निष्प्रभावी भएको पत्रमार्फत अदालतसहित ६ वटा निकायलाई जानकारी गराउँदै जबरालाई अदालतमा फर्किने बाटो खोलिदिनु भएको थियो । सोको कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।