ताजा अपडेट »

चुनावी समीक्षा र सरकार गठनबारे छलफल गर्दै सत्ता गठबन्धन

सोमबार, १९ मंसिर २०७९, १३ : १६
16 Shares
सोमबार, १९ मंसिर २०७९
16 Shares

काठमाडौं । आज बस्ने सत्ता गठबन्धनको बैठकमा आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल हुँदैछ । निर्वाचनको अन्तिम नतिजा नआइसकेकाले सरकार गठनबारे संवादहरू जारी रहेको बताउँदै चुनावपछिको राजनीतिक परिदृश्यमा छलफल केन्द्रीत हुने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

'आजको बैठकमा गठबन्धनले चुनावको समीक्षा गर्छ । साथै सरकार गठनबारे आगामी बाटोका बारेमा समेत छलफल त भई नै हाल्छ', महासचिव गुरुङले भने ।आज अपरान्ह ३ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनमा सामेल दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।